उपसभामुख शिवमायालाई मन्त्री बनाउन ओली–प्रचण्ड सहमत | Khabarhub Khabarhub

उपसभामुख शिवमायालाई मन्त्री बनाउन ओली–प्रचण्ड सहमत


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाले भावी सभामुखका लागि नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको सभामुख चयनको विषय नेकपामा पेचिलो बनेको थियो ।

पार्टी एकीकरणपूर्वकै समिकरणअनुसार पूर्वमाओवादी समूहले सभामुख पद पाउनुपर्ने प्रचण्ड समूहको अडान र एकीकरणपछि समूहका आधारमा नभएर सरकारलाई सहज हुने व्यक्तिलाई अघि सार्नुपर्ने विषयमा पार्टीमा देखिएको विवाद समाधानका नहुँदा संसद नै बन्धकको अबस्थामा पुगेको थियो ।

झण्डै एक महिनाअघि शुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतका तीनवटा बैठक सभामुख कसलाई बनाउने भन्ने विषयमा शक्तिसंघर्षका कारण सूचना टाँसेर स्थगित गरिएको थियो ।

सभामुख पद रिक्त बनेपछि उपसभामुखले संसद बैठक सञ्चालन गरेपनि सभामुख चयनमा पार्टीभित्रैको विवाद छताछुल्ल भएको मात्रै होइन, सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको भएपनि उनले अस्विकार गर्दै आएकी थिइन् । तर आइतबार बिहान नेकपाका दुईजना अध्यक्षहरु केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डका बीचमा पूर्वमाओवादी समहुलाई नै सभामुख पद दिने विषयमा सहमति कायम भएको थियो ।

दुई अध्यक्षका बीचमा भएको सहमति अनुमोदनका लागि आइतबार बेलुका बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सचिवालयको निर्णयपछि सोमबार बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दर्ता नगराए सर्वसम्मत रुपमा सापकोटा सभामुख निर्वाचित हुनेछन् ।

ओली र प्रचण्डबीच आइतवार भएको छलफल । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने सहमति

यसैबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच सहमति भएको स्रोतको दाबी छ ।

आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले आफूले राजीनामा गर्नुपर्नका कारण लिखित रुपमा माग गरेको बालुवाटार स्रोतको दाबी छ ।

‘उहाँले आफ्ना कुरा प्रधानमन्त्रीसँग राख्नुभयो,’ बालुवाटार स्रोतले भन्यो,‘तर उहाँको राजीनामा सोमबार आउँछ ।’

संविधान अनुसार एकै दलका दुई जना सभामुख र उपसभामुख बन्न नमिल्ने भएका कारण तुम्बाहाङ्फेले राजीनामा नदिइ सभामुख निर्वाचनको प्रकृया शुरु हुन नसक्ने भएका कारण नेकपाका लागि उनको राजीनामा अनिवार्य बनेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : २४ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका