उपसभामुख शिवमायालाई मन्त्री बनाउन ओली–प्रचण्ड सहमत « Khabarhub

उपसभामुख शिवमायालाई मन्त्री बनाउन ओली–प्रचण्ड सहमत


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाले भावी सभामुखका लागि नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको सभामुख चयनको विषय नेकपामा पेचिलो बनेको थियो ।

पार्टी एकीकरणपूर्वकै समिकरणअनुसार पूर्वमाओवादी समूहले सभामुख पद पाउनुपर्ने प्रचण्ड समूहको अडान र एकीकरणपछि समूहका आधारमा नभएर सरकारलाई सहज हुने व्यक्तिलाई अघि सार्नुपर्ने विषयमा पार्टीमा देखिएको विवाद समाधानका नहुँदा संसद नै बन्धकको अबस्थामा पुगेको थियो ।

झण्डै एक महिनाअघि शुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतका तीनवटा बैठक सभामुख कसलाई बनाउने भन्ने विषयमा शक्तिसंघर्षका कारण सूचना टाँसेर स्थगित गरिएको थियो ।

सभामुख पद रिक्त बनेपछि उपसभामुखले संसद बैठक सञ्चालन गरेपनि सभामुख चयनमा पार्टीभित्रैको विवाद छताछुल्ल भएको मात्रै होइन, सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको भएपनि उनले अस्विकार गर्दै आएकी थिइन् । तर आइतबार बिहान नेकपाका दुईजना अध्यक्षहरु केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डका बीचमा पूर्वमाओवादी समहुलाई नै सभामुख पद दिने विषयमा सहमति कायम भएको थियो ।

दुई अध्यक्षका बीचमा भएको सहमति अनुमोदनका लागि आइतबार बेलुका बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सचिवालयको निर्णयपछि सोमबार बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दर्ता नगराए सर्वसम्मत रुपमा सापकोटा सभामुख निर्वाचित हुनेछन् ।

ओली र प्रचण्डबीच आइतवार भएको छलफल । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री बनाउने सहमति

यसैबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच सहमति भएको स्रोतको दाबी छ ।

आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर, उनले आफूले राजीनामा गर्नुपर्नका कारण लिखित रुपमा माग गरेको बालुवाटार स्रोतको दाबी छ ।

‘उहाँले आफ्ना कुरा प्रधानमन्त्रीसँग राख्नुभयो,’ बालुवाटार स्रोतले भन्यो,‘तर उहाँको राजीनामा सोमबार आउँछ ।’

संविधान अनुसार एकै दलका दुई जना सभामुख र उपसभामुख बन्न नमिल्ने भएका कारण तुम्बाहाङ्फेले राजीनामा नदिइ सभामुख निर्वाचनको प्रकृया शुरु हुन नसक्ने भएका कारण नेकपाका लागि उनको राजीनामा अनिवार्य बनेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : २४ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी