नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ | Khabarhub Khabarhub

नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धर्म र अध्यात्म प्रति गहिरो आस्था राख्नेहरु नियमित पूजापाठ, भजन तथा भगवानको नाम जपिरहन्छन् ।

ईश्वरमा आस्था राख्दा धार्मिक मान्यता अनुसार धर्म बढ्छ साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । ईश्वरको नाम लिनेहरुलाई देविदेवताको कृपा रहने र जीवनमा कुनै संकट नआउने विश्वास गरिन्छ ।

तर नियमित पूजापाठ गर्नेहरुले भगवानको आराधना गर्दा केही विषयमा भने विशेष ध्यान दिनुपर्छ । नियमित पूजापाठ गर्ने गर्नु भएको छैन भने पनि गर्ने गर्नुस् यसले जीवनमा लाभ मिल्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

१. घरमा मन्दिर स्थापना
नियमित पूजापाठ कर्म गर्नेहरुले घरमा सानो मन्दिर स्थापना गरी त्यहि देवीदेवताको आराधना गर्नुपर्दछ । तर मन्दिर स्थापना गर्दा जुन भगवानको प्रतिमा राखे पनि तिनको प्राणप्रतिष्ठा गर्नुपर्दछ ।

२. राशि अनुसारको पूजा
हरेक ब्यक्तिको जन्म समयको आधारमा निकालिएको कुण्डलीमा एक नाम हुन्छ, जसलाई हामी न्वारानको नाम भन्छौ । ब्यक्तिले आफ्नो वास्तविक नामको आधारमा बनेको राशि अनुसार देवीदेवताको पूजापाठ गर्नुपर्दछ ।

३. तुलसीको पूजा
नियमित पूजा गर्नेहरुले घरमा तुलसी रोपि त्यसको पनि दैनिक पूजा गर्नु पर्दछ । जुन घरमा नियमित तुलसीको पूजा हुन्छ सो घरका मुख्य सदस्य सहित महिलाले लाभ कमाउने योग बन्दछ । साथै पूजाकर्तालाई ख्याति प्राप्त हुन्छ ।

४. गाईको पूजा
गाई अर्थात गौमातामा सबै देवीदेवताको वास हुने धार्मिक मान्यता छ । धार्मिकशास्त्र अनुसार घरमा नियमित पूजापाठ गर्नेहरुले गाईको समेत पूजा गरी रोटी, हरीयो घाँस, ख्वाउनुपर्छ । यसो गर्नाले जीवनमा सुख प्राप्त हुन्छ ।

५. हनुमानको आराधना
हिन्दू धर्ममा हनुमान पूजन विशेष मानिन्छ । यदि लामो प्रयास पछि पनि कुनै काममा सफलता प्राप्त भइरहेको छैन भने हनुमानको आरधना विशेष मानिन्छ । तसर्थ नियमित पूजा गर्नेहरुले हनुमानको आराधना गरे विशेष फल प्राप्त हुन्छ ।

६. मन्त्रको जप
धार्मिक मान्यता अनुसार पूजा गर्ने देवीदेवतालाई मन्त्रोच्चारण गरी पूजा गर्नुपर्दछ । साथमा हनुमान चालीसा, महामृत्युजय मन्त्र, गायत्री मन्त्रलाई निरन्तर जप गर्नुपर्दछ । तर कुनै पनि देवताको आराधना गर्नुपुर्व श्रीगणेशको आराधना गर्न अनिवार्य छ ।

७. दान गर्नुहोस्
धर्मशास्त्र अनुसार मात्र होइन मानवियताको आधारमा पनि अभावमा रहेकाहरुलाई गच्छे अनुसारको दान गर्नु पुण्यको काम हो । अझ नियमित भगवानको पूजापाठ गर्नेहरुले बेलाबेलामा दान गर्दा ईश्वरको कृपा प्राप्त हुन्छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : १९ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो