नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ « Khabarhub

नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धर्म र अध्यात्म प्रति गहिरो आस्था राख्नेहरु नियमित पूजापाठ, भजन तथा भगवानको नाम जपिरहन्छन् ।

ईश्वरमा आस्था राख्दा धार्मिक मान्यता अनुसार धर्म बढ्छ साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । ईश्वरको नाम लिनेहरुलाई देविदेवताको कृपा रहने र जीवनमा कुनै संकट नआउने विश्वास गरिन्छ ।

तर नियमित पूजापाठ गर्नेहरुले भगवानको आराधना गर्दा केही विषयमा भने विशेष ध्यान दिनुपर्छ । नियमित पूजापाठ गर्ने गर्नु भएको छैन भने पनि गर्ने गर्नुस् यसले जीवनमा लाभ मिल्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

१. घरमा मन्दिर स्थापना
नियमित पूजापाठ कर्म गर्नेहरुले घरमा सानो मन्दिर स्थापना गरी त्यहि देवीदेवताको आराधना गर्नुपर्दछ । तर मन्दिर स्थापना गर्दा जुन भगवानको प्रतिमा राखे पनि तिनको प्राणप्रतिष्ठा गर्नुपर्दछ ।

२. राशि अनुसारको पूजा
हरेक ब्यक्तिको जन्म समयको आधारमा निकालिएको कुण्डलीमा एक नाम हुन्छ, जसलाई हामी न्वारानको नाम भन्छौ । ब्यक्तिले आफ्नो वास्तविक नामको आधारमा बनेको राशि अनुसार देवीदेवताको पूजापाठ गर्नुपर्दछ ।

३. तुलसीको पूजा
नियमित पूजा गर्नेहरुले घरमा तुलसी रोपि त्यसको पनि दैनिक पूजा गर्नु पर्दछ । जुन घरमा नियमित तुलसीको पूजा हुन्छ सो घरका मुख्य सदस्य सहित महिलाले लाभ कमाउने योग बन्दछ । साथै पूजाकर्तालाई ख्याति प्राप्त हुन्छ ।

४. गाईको पूजा
गाई अर्थात गौमातामा सबै देवीदेवताको वास हुने धार्मिक मान्यता छ । धार्मिकशास्त्र अनुसार घरमा नियमित पूजापाठ गर्नेहरुले गाईको समेत पूजा गरी रोटी, हरीयो घाँस, ख्वाउनुपर्छ । यसो गर्नाले जीवनमा सुख प्राप्त हुन्छ ।

५. हनुमानको आराधना
हिन्दू धर्ममा हनुमान पूजन विशेष मानिन्छ । यदि लामो प्रयास पछि पनि कुनै काममा सफलता प्राप्त भइरहेको छैन भने हनुमानको आरधना विशेष मानिन्छ । तसर्थ नियमित पूजा गर्नेहरुले हनुमानको आराधना गरे विशेष फल प्राप्त हुन्छ ।

६. मन्त्रको जप
धार्मिक मान्यता अनुसार पूजा गर्ने देवीदेवतालाई मन्त्रोच्चारण गरी पूजा गर्नुपर्दछ । साथमा हनुमान चालीसा, महामृत्युजय मन्त्र, गायत्री मन्त्रलाई निरन्तर जप गर्नुपर्दछ । तर कुनै पनि देवताको आराधना गर्नुपुर्व श्रीगणेशको आराधना गर्न अनिवार्य छ ।

७. दान गर्नुहोस्
धर्मशास्त्र अनुसार मात्र होइन मानवियताको आधारमा पनि अभावमा रहेकाहरुलाई गच्छे अनुसारको दान गर्नु पुण्यको काम हो । अझ नियमित भगवानको पूजापाठ गर्नेहरुले बेलाबेलामा दान गर्दा ईश्वरको कृपा प्राप्त हुन्छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : १९ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक