यो हो संसारकै सबैभन्दा ठूलो फूल « Khabarhub

यो हो संसारकै सबैभन्दा ठूलो फूल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू परम्परा अनुसार पूजाआजामा फूलको प्रयोग अनिवार्य छ । देविदेवतालाई प्रसन्न पार्न, घर सजाउन वा कसैलाई उपहार दिन पनि फूल प्रयोग हुन्छ ।

तर यी फूलहरु सामान्य आकारका हुन्छन् । सामान्यता हामीले प्रयोग गर्ने फूलको आकार ५?६ इन्चको हुने गरेको छ । तर कुनै फूल ४ फुटको हुन्छ भन्दा पत्याउनु हुन्छ । इन्डोनेसियाको एक जंगलमा करीब ४ फुट बराबरको फूल भेटिएको छ ।

इन्डोनेसियाको पश्चिम मध्य सुमात्रा जंगलमा पाइने एक फूल विश्वको सबैभन्दा ठुलो फूल साबित भएको छ । उक्त फूलले विश्वको सबैभन्दा ठुलो फूलको मान्यता पाएको छ ।

यो फूल चार वर्ग फीट मा फैलिएको छ । यस फूलको नाम रेफलिसिया हो । यस अघि प्राप्त भएको विश्वको सबैभन्दा ठुलो फूल पनि रेफलिसिया थियो । जसको रेकर्ड यस फूलले तोडेको हो ।

स्न २०१७ मा यहि जंगलमा भेटिएको करीब ३ फीट र १२ केजी वजनको फूल नै विश्वको सबैभन्दा ठुलो फूल साबित भएको थियो । जसको रेकर्ड यस फूलले तोडेको हो । रेफलिसिया एक परजीवी बिरुवा हो, यसको अत्यन्तै गन्ध आउने गर्दछ । झट्ट हेर्दा सुर्यमुखि फूलको झै बनावट भएको यस फूल केसर र सेतो रंगको हुने गर्दछ । इन्डोनेसियाका स्थानीय यस फूलको दुर्गन्धको कारण लाशको फूल भन्दछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ४१ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई