५ वर्षीया बालिकामाथि बलात्कार गर्नेलाई ११ वर्ष कैद सजाय « Khabarhub

५ वर्षीया बालिकामाथि बलात्कार गर्नेलाई ११ वर्ष कैद सजाय


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तविरुद्ध १२ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकविरुद्ध सो कैद फैसला सुनाएको हो ।

गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई प्रहरीले पक्राउ गरेको थियो । मुद्दाको सुनुवाई पछि विकविरुद्ध १२ वर्ष ६ महिना कैदसँगै पीडितलाई १ लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : ३९ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर