गायक-गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था रहेनछ: प्रमोद खरेल « Khabarhub

गायक-गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था रहेनछ: प्रमोद खरेल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक – गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने विषयमा टिप्पणी गर्दै गायक प्रमोद खरेलले आफ्नो धारणा राखेका छन् । उनले कलाकारको विषयमा बोल्ने कुनै संस्था नभएको महसूस भएको बताएका छन् ।

कलाकारहरु संस्थागत रुपमा शून्य भएको आभाष भएको प्रमोदले बताएका छन् । ‘केही दिनदेखि सकारात्मक या नकारात्मक कुनै पनि टिप्पणी गर्ने गायक गायिकाको संस्था नहाुँदा करोडौं श्रोताले माया र स्नेह दिएको यो क्षेत्र निकै बिचरो अवस्थामा भएको आभाष भएको छ,’ प्रमोदले लेखेका छन् ।

आस्थाले प्रयोग गरेका केही शब्दहरु आफैमा अस्वभाविक र असुहाउँदा भए पनि उनले गल्ती स्वीकार गरेर माफी मागिसकेको प्रमोदले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बताएका छन् । उनले आस्थाको गल्ती देखिए पनि दुवैको गल्ती हुन सक्ने बताएका छन् ।

‘प्रहरीको चेकिङमा सहयोग नगर्ने आस्थाको कमजोरी हो, दुई मत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो, त्यसमा भर पर्छ, उनी विना कारण नै रिसाइन् त?,’ प्रमोदले प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा कलाकार र प्रहरीका पक्षविपक्ष हुँदै ध्रुवीकरणतिर जाने र इख बटुलेर अघि बढ्दा दीर्घकालीन फाइदा नगर्ने विचार व्यक्त गरेका छन् ।

गायिका राउतले गएको बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले आफूमाथि अपमानजनक व्यवहार गरेको बताएकी छिन् ।

उनले बुधवार साँझ फेसबूकमा लाइभ आएर प्रहरी प्रशासनलाई गाली गरेपछि विवादमा तानिएकी छिन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ५७ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत