गायक-गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था रहेनछ: प्रमोद खरेल | Khabarhub Khabarhub

गायक-गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था रहेनछ: प्रमोद खरेल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक – गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने विषयमा टिप्पणी गर्दै गायक प्रमोद खरेलले आफ्नो धारणा राखेका छन् । उनले कलाकारको विषयमा बोल्ने कुनै संस्था नभएको महसूस भएको बताएका छन् ।

कलाकारहरु संस्थागत रुपमा शून्य भएको आभाष भएको प्रमोदले बताएका छन् । ‘केही दिनदेखि सकारात्मक या नकारात्मक कुनै पनि टिप्पणी गर्ने गायक गायिकाको संस्था नहाुँदा करोडौं श्रोताले माया र स्नेह दिएको यो क्षेत्र निकै बिचरो अवस्थामा भएको आभाष भएको छ,’ प्रमोदले लेखेका छन् ।

आस्थाले प्रयोग गरेका केही शब्दहरु आफैमा अस्वभाविक र असुहाउँदा भए पनि उनले गल्ती स्वीकार गरेर माफी मागिसकेको प्रमोदले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बताएका छन् । उनले आस्थाको गल्ती देखिए पनि दुवैको गल्ती हुन सक्ने बताएका छन् ।

‘प्रहरीको चेकिङमा सहयोग नगर्ने आस्थाको कमजोरी हो, दुई मत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो, त्यसमा भर पर्छ, उनी विना कारण नै रिसाइन् त?,’ प्रमोदले प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा कलाकार र प्रहरीका पक्षविपक्ष हुँदै ध्रुवीकरणतिर जाने र इख बटुलेर अघि बढ्दा दीर्घकालीन फाइदा नगर्ने विचार व्यक्त गरेका छन् ।

गायिका राउतले गएको बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले आफूमाथि अपमानजनक व्यवहार गरेको बताएकी छिन् ।

उनले बुधवार साँझ फेसबूकमा लाइभ आएर प्रहरी प्रशासनलाई गाली गरेपछि विवादमा तानिएकी छिन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ५७ बजे

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र