४० वर्षीया महिलामाथि अहेबले गरे बलात्कार, न्याय माग्न जिल्ला धाउँदै श्रीमान् « Khabarhub

४० वर्षीया महिलामाथि अहेबले गरे बलात्कार, न्याय माग्न जिल्ला धाउँदै श्रीमान्


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो,’ नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।” “घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ । पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ ।’

पीडित महिलाका श्रीमान्‌ले पीडक अहेबलाई पक्राउ नगर्दा आफूहरुमाथि दबाब र धम्की आइरहेको गुनासो गरे । जति सक्यो छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै पीडित महिलाका श्रीमान्‌ले भने, ‘श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारवाही हुनैपर्छ । मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु, तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन ? दोषीलाई कडाभन्दा कडा कानूनी कारवाही हुनुपर्छ ।’

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारवाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : ४६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ