कांग्रेस संसदीय दलका नेता शर्माको निधन « Khabarhub

कांग्रेस संसदीय दलका नेता शर्माको निधन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नम्बर ५ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

विगत १ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा दिउँसो साढे १ बजे निधन भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए ।

उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ३५ बजे

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू