सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक: ७ गते मनोनयन, १२ गते निर्णयार्थ पेश हुने « Khabarhub

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक: ७ गते मनोनयन, १२ गते निर्णयार्थ पेश हुने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख पदका लागि निर्वाचत कार्यतालिका सार्वजनिक गरेको हो ।

सचिवालयद्वारा जारी कार्यतालिका अनुसार माघ ७ गते (मंगलबार) बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुने छ । यस्तै, ७ गते नै सभामुख पदका लागि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरिने छ ।

यस्तै, माघ १२ गते दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख पदमा प्रस्ताव र समर्थन पेश गरी निर्णयार्थ पेश गरिने छ ।

माघ १२ गते नै बहुमत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभामा बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुखको रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सभामुख निर्वाचनका लागि नेकपा एक्लैको बहुमत पुग्ने भएकाले सापकोटा सभामुख निर्वाचित हुन लभगत निश्चित छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ३९ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण