नेप्से परिसूचक : सोमबार २ अर्ब बराबरको सेयर किनबेच « Khabarhub

नेप्से परिसूचक : सोमबार २ अर्ब बराबरको सेयर किनबेच


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन सेयर बजारमा उत्साह कायमै रहेको छ । निरन्तर उकालो लागेको परिसूचकमा सोमबार करेक्सन हुँदा बजारमा करिब २ अर्ब बराबरको सेयर किनबेच भएको छ ।

सोमबारको नेप्से परिसूचक २६.५४ अंकले घटेर १३१७ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले घटेको हो । गत दुई सातादेखि निरन्तर दोहोरो अंकले बढेर उच्च अंकमा पुगेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको हो ।

दोहोरो अंकले घटेको बजारमा एक अर्ब ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी अर्थात २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सोमबार कारोबारमा आएका १२ वटै समूह राताम्मे देखिएका छन् । आइतबार त्रिपल डिजिटले बढेका जीवन र निर्जीवन बीमा समूह त्रिपल डिजिटले नै ओरालो लागेका छन् । जीवन बीमा १५४ र निर्जीवन बीमा ११६ अंकले घटेका छन् । त्यस्तै, म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ५४ बजे

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप