‘दि कर्मा’लाई सेन्सर बोर्डले दियो पीजी सर्टिफिकेट « Khabarhub

‘दि कर्मा’लाई सेन्सर बोर्डले दियो पीजी सर्टिफिकेट


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘दि कर्मा’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । फिल्मले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको हो ।

आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् । फिल्म माघ १७ गतेदेखि प्रदर्शन हुँदैछ ।

बोर्डले फिल्मको एक एक्सन दृश्यमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ ।  नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भनिएको यो फिल्मलाई देव कुमार श्रेष्ठ निर्देशन गरेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो भने कथा निर्माता रायको हो ।

चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ४७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य