नेकपाको ११ बुँदे आचारसंहिताः नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने « Khabarhub

नेकपाको ११ बुँदे आचारसंहिताः नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ ।

नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्नेसमेत भनिएको छ ।

आचारसंहितामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ, उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतमरुपमा पनि कानूनबमोजिमको पारिश्रमिक र सुविधा तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।’

सो पार्टीले समाजमा रहेका कूरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैँ खडा हुनु र त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्ने आचारसंहितासमेत बनाएको छ ।

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्ने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदार बन्न बन्देज लगाउनुपर्र्ने पनि आचारसंहितामा भनिएको छ ।

भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्नेमा आचारसंहिताले जोड दिएको छ ।

सो पार्टीले सामूहिक जीवन प्रणाली विकास गर्न महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने र सामूहिक भावना सिर्जना गर्नुपर्ने भनेको छ । त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाइएको छ ।

पार्टीले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने र आफ्नो जीवनलाई सधैँ जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्ने आचारसंहिता तोकेको छ ।

आचारसंहितामा भनिएको छ, “समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँच–नीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ, यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानूनबमोजिम सजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।”

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : ३३ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर