सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन(हिँउदे अधिवेशन) प्रदेशसभा सोमबारदेखि शुरु भएको छ ।

अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ गर्दै सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गरेका थिए ।

सो अवसरमा सभामुख थापाले प्रदेशसभा सदस्यबाट मर्यादित र अनुशासित भई अधिवेशनका बैठक सञ्चालनमा सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्दै स्वागत गर्नुभएको थियो ।

बैठकमा दिइएको विशेष समयमा बोल्नुहुँदै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा)संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशको समृद्धिका लागि सत्तापक्ष वा प्रतिपक्ष भनेर हिँड्न नहुने बताउँदै समृद्ध प्रदेश बनाउनमा आगामी दिनमा प्रदेशसभा सदस्यको भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयक आउने विश्वास व्यक्त गर्दै उनले भने, “प्रदेशसभाले यसअघि बनाएका ऐन कानून के कति परिपालना भएको छ भन्ने तर्फ सोच्ने बेला पनि आएको छ ।”

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै यसअघिका प्रदेशसभा बैठकमा उठाइएका गम्भीर विषयलाई सरकारले सम्बोधन नगरेको बताए ।

प्रदेश सरकारले एम्बुलेन्स खरीद गर्दा भ्रष्टाचार गरिएको भन्दै उहाँले अनियमित कार्यको छानबिन गरी दोषीलाई कारवाही गर्न, बजेट बाँडफाँडमा विगतमा प्रतिपक्षीसँग गरिएको सहमति कार्यान्वयन गर्न, मिचिएको नेपालको भूमि कालापानीलाई फिर्ता ल्याउने विषयमा गम्भीर ढङ्गले पहल गर्न माग गरे ।

राष्ट्रिय जनता पार्टीकी मालामतिकुमारी राना थारुले जताततै भ्रष्टाचार भइरहेको भन्ने जनगुनासो बढेकाले यस विषयमा गम्भीर हुन, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सो घटनाका सन्दर्भमा सबै दलको प्रतिनिधित्व हुनेगरी संसदीय छानबिन टोली बनाउनुपर्ने माग गरे ।

अर्को बैठक यही माघ ७ गते मङ्गलबार मध्याह्न १२ः१५ बजे बस्ने छ । सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन गएको भदौ १ गते समापन गरिएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको