कर छली गरेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीन जना पक्राउ « Khabarhub

कर छली गरेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीन जना पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी भन्सार छली तथा चोरीपैठारी गरी विभिन्न सवारी साधनमार्फत काठमाडौँसम्म ल्याएर कारोबारमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले हुसेनलाई सुुन्धारा, बोगटीलाई ललितपुरको धापाखेल र सिंहलाई गौरीघाटबाट आइतबार साँझ पक्राउ गरेको हो । सम्मेलनमा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’ मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताए ।

“पक्राउ परेकाले सुर्तीजन्य तथा पान मसला, कपडा, मोटरका पार्टसलगायतका सामग्री भन्सार छलेर नेपाल ल्याई देशका विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरेको पाइएको छ,” उनले भने ।

पक्राउ परेकासँग प्रहरीले रजनीगन्धा सिल्भर पेरिस लेखिएको प्याकेट दुई हजार १५३ थान, रजनीगन्धा तुल्सी प्याकेट तीन हजार १६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशरयुक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मञ्जनका प्याकेट २७५ थान र वि–१ तम्बाकु लेखिएको पोका ९० थान बरामद गरेको छ ।

यस्तै, राजमा शर्मिला लेखिएको मीठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मीठा पान मसलाको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा पान मसलाका बट्टा ४२९ थान, चुरोटका बट्टा ६७ थान, कथ्थाका प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाका बोतल ४४ थान र पान हनिको बट्टा ३१० थान रहेका छन् ।

यसैगरी, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्वीट सुपारी प्याकेट चार हजार थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली बिडी २४ थान, कोल ट्याब्लेटका पोका थान १०, गुलका ८१२ डिब्बा र कालो सुर्तीको प्याकेट चार हजार ५५० थान समेत बरामद गरेको छ । बरामद गरेको सामानको मूल्य रु ५० लाख भन्दामाथि रहेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई बरामद भएको सामानसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रवक्ता सिंहले बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ०० बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने