प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखको निधनमा समवेदना  « Khabarhub

प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखको निधनमा समवेदना 


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाएका छन्।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत थिए ।

प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाएका पोखरेलले समाज र राजनीतिमा पुर्‍याएको सकारात्मक योगदानको स्मरण पनि गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

पूर्वप्रमुख राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको