दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल सजाय « Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल सजाय


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ-बाकलाई भ्रष्टाचार मुद्दामा १७ वर्ष जेल सजाय सुनाइएको छ ।

ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन माग दाबी गर्दै दायर मुद्दालाई पुनरावेदन अदालतले यसअघिकै निर्णय सदर गरिदिएपछि म्यूङ-बाकले १७ बर्षको जेल सजाय नै पाउने भएका छन ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनलाई त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो।

तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो। सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतभन्दा बढी सजाय सुनाएको हो।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएको आरोप लाग्दै आएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : २६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६