सञ्चारमाध्यम एक आँखे भए – मन्त्री बाँस्कोटा « Khabarhub

सञ्चारमाध्यम एक आँखे भए – मन्त्री बाँस्कोटा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममाथि व्यंग्य प्रहार गर्दै अहिले मिडिया एक आँखे भएको आरोप लगाएका छन् ।

गोरखापत्र प्रकाशनले कोहलपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ’, उनले भने, ‘तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।’

मन्त्री बाँस्कोटाले भने, ‘मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै अब मिडिया यति सवल हुँदैछ कि वास्तविक रुपमा हामीले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएका छौँ, विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छौं, अगाडि बढाएका छौँ ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताएका छन् ।

उनले कडा कारबाही गर्ने दाबी गरिरहँदा ७० करोडको घुसका विषयमा गरिएको मन्त्री बाँस्कोटाकै अडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ५४ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र