दोलखा भीमसेनमा पसिना, अनिष्ट हुने भन्दै बाजागाजासहित पूजा थालियो | Khabarhub Khabarhub

दोलखा भीमसेनमा पसिना, अनिष्ट हुने भन्दै बाजागाजासहित पूजा थालियो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

भीमसेनको मुर्ति (शिला) मा बिहीवार(आज) विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको पत्रकार जीवनाथ शिवाकोटीले जनाएका छन् ।

पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ ।

भीमसेनको मुर्तिमा पसिना आएपछि पूजा गर्न सुरु गरिएको छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई खबर गरेका थिए । अहिले बाजागाजासहित मन्दिरमा पूजा गर्ने कार्य भइरहेको शिवाकोटीले जानकारी दिए ।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका– २ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

पसिनापछि अनिष्ट, वास्तविकता की संयोग ?

भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वास छ ।

भीमसेनमा मन्दिरमा पसिनामा आउँदै ठुला घट्ना घटेका पनि छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर घट्ना भने घटेका छन् ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो।

दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ४६ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि