एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता « Khabarhub

एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

२०५१ साल देखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् ।

यस बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।

हेफेरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुर्‍याउने काम पनि गर्दै आएको छ । यसैगरी बिगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दैआएको छ ।

यस सम्झौतासंगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुर्‍याउनका लागि संयुक्त प्रयास गर्नेछ ।

यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।

एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ४९ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका