सञ्चारमन्त्री बर्खास्त हुनुपर्छ, नेपथ्यमा को को छन् अनुसन्धान हुनुपर्छ : कांग्रेस « Khabarhub

सञ्चारमन्त्री बर्खास्त हुनुपर्छ, नेपथ्यमा को को छन् अनुसन्धान हुनुपर्छ : कांग्रेस


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिततामा नाम जोडिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटालाई तत्काल बर्खास्ग गर्न माग गरेको छ ।

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री पनि अनियमिततामा संलग्न भएको अडियो सार्वजनिक भएकाले तत्काल घटनाबारे छानबिन हुनुपर्ने माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै भने, ‘यो विषयमा बिहान हामीले प्रेस विज्ञप्ति मार्फत पनि धेरै कुरा गरेका छौं । विगतमा पनि कांग्रेसले सञ्चारमाध्यममा आएको समाचारलाई ख्याल गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेसमा हुँदै गरेको अनियमितताका विषयमा बोलेको छ ।’

‘यो विषयमा अनुसन्धान हुनु जरुरी छ । अहिले सुनिएको अडियोका आधारमा सञ्चारमन्त्रीको संलग्नता पाइएको छ । यसको नेपथ्यमा पनि को को छन् सबैमाथि अनुसन्धान हुनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘अनुसन्धानलाई सजिलो बनाउन मन्त्री पदबाट बर्खास्त हुनुपर्छ । यहाँ हामीले व्यक्तिगत पूर्वाग्रह राखेर भनेका होइनौं । अब घटनाको यथार्थता बाहिर आउनुपर्छ ।’

प्रवक्ता शर्माले निर्षोदले सजाय पाउने र दोषी उम्कने अवस्था आउनु नहुने पनि बताए । उनले यो विषय आज संसदमा पनि नेपाली कांग्रेसका सांसदहरुले उठाउने बताए ।

प्रवक्ता शर्माले भने, ‘सेक्युरिटी प्रेन्टिङ प्रेसका विषयमा भएको अनियमितताका विषयमा सरकारले गम्भीर रुपमा अध्ययन गरोस र दोषीलाई कारबाही होस् । यो कांग्रेसको माग हो ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ५१ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता