सञ्चारमन्त्री बर्खास्त हुनुपर्छ, नेपथ्यमा को को छन् अनुसन्धान हुनुपर्छ : कांग्रेस « Khabarhub

सञ्चारमन्त्री बर्खास्त हुनुपर्छ, नेपथ्यमा को को छन् अनुसन्धान हुनुपर्छ : कांग्रेस


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिततामा नाम जोडिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटालाई तत्काल बर्खास्ग गर्न माग गरेको छ ।

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री पनि अनियमिततामा संलग्न भएको अडियो सार्वजनिक भएकाले तत्काल घटनाबारे छानबिन हुनुपर्ने माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै भने, ‘यो विषयमा बिहान हामीले प्रेस विज्ञप्ति मार्फत पनि धेरै कुरा गरेका छौं । विगतमा पनि कांग्रेसले सञ्चारमाध्यममा आएको समाचारलाई ख्याल गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेसमा हुँदै गरेको अनियमितताका विषयमा बोलेको छ ।’

‘यो विषयमा अनुसन्धान हुनु जरुरी छ । अहिले सुनिएको अडियोका आधारमा सञ्चारमन्त्रीको संलग्नता पाइएको छ । यसको नेपथ्यमा पनि को को छन् सबैमाथि अनुसन्धान हुनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘अनुसन्धानलाई सजिलो बनाउन मन्त्री पदबाट बर्खास्त हुनुपर्छ । यहाँ हामीले व्यक्तिगत पूर्वाग्रह राखेर भनेका होइनौं । अब घटनाको यथार्थता बाहिर आउनुपर्छ ।’

प्रवक्ता शर्माले निर्षोदले सजाय पाउने र दोषी उम्कने अवस्था आउनु नहुने पनि बताए । उनले यो विषय आज संसदमा पनि नेपाली कांग्रेसका सांसदहरुले उठाउने बताए ।

प्रवक्ता शर्माले भने, ‘सेक्युरिटी प्रेन्टिङ प्रेसका विषयमा भएको अनियमितताका विषयमा सरकारले गम्भीर रुपमा अध्ययन गरोस र दोषीलाई कारबाही होस् । यो कांग्रेसको माग हो ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै