जर्मनी गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो « Khabarhub

जर्मनी गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको हनाउ शहरमा भएको गोलीकाण्डमा मारिनेको सङ्ख्या नौ पुगेको छ ।

बुधबार अबेर १० बजेतिर शीशा बारमा भएको गोलीकाण्डमा यसअघि ८ जनाको ज्यान गएको अधिकारीले जनाएका थिए ।

बिहीबार बिहान भने अधिकारीले गोलीकाण्डमा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ९ पुगेको हो ।गोलीकाण्डमा अरु धेरै घाइते भएको जर्मन अखबार बिल्डले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा गोली चलाउने व्यक्ति पनि निवासमा मृत फेला परेका छन ।  उनिसँगै अर्का एक व्यक्ति पनि मृत भेटिएका छन । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

हनाउ शहरमा अबेर कुर्दहरुको बाहुल्यता रहेको क्षेत्रमा बुधबार अबेर अन्धाधुन्ध गोली प्रहार भएको थियो । २ वटा बारमा भएको गोलिकाण्डपछि संदिग्धहरु फरार रहेका थिए । लगत्तै प्रहरीले उनिहरुको खोजी तीब्र पारेको थियो ।

७ घण्टाको खोजीपछि संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर अहिलेसम्म आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन ।

यद्यपी आक्रमणकारी हतियार राख्ने लाइसेन्स समेत लिएका जर्मन नागरिक नै भएको जर्मन सञ्चारमाध्यमहरुले दावी गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना