सञ्चारमन्त्रीलाई कार्यकक्षबाटै पक्राउ गर्न रबि लामिछानेको माग « Khabarhub

सञ्चारमन्त्रीलाई कार्यकक्षबाटै पक्राउ गर्न रबि लामिछानेको माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद बिक्री प्रकरणमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि संलग्नता रहेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ ।

प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरी सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको छ । का‌ग्रेससँगै विभिन्न दलका नेताहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सञ्चारकर्मी रवि लामिछाने पनि सञ्चारमन्त्रीमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले यो प्रकरणका कारण सञ्चारमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने नदिए कार्यकक्षबाटै पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ, ३ वर्ष बाFकी छ। कुरौ… नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ।राजीनामा नदिए ‘कार्यकक्ष’बाटै पक्राउ गरिनु पर्छ ।’

त्यस्तै उनले लेखेका छन्, ‘ यी भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्ये एक गोकुल बाँस्कोटा । गोकुल जी माथि छानबिन होईन के गरी बचाउने भन्ने छलफल चलेको देखिदैँछ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ३४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ