सञ्चारमन्त्रीलाई कार्यकक्षबाटै पक्राउ गर्न रबि लामिछानेको माग « Khabarhub

सञ्चारमन्त्रीलाई कार्यकक्षबाटै पक्राउ गर्न रबि लामिछानेको माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद बिक्री प्रकरणमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि संलग्नता रहेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ ।

प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरी सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको छ । का‌ग्रेससँगै विभिन्न दलका नेताहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सञ्चारकर्मी रवि लामिछाने पनि सञ्चारमन्त्रीमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले यो प्रकरणका कारण सञ्चारमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने नदिए कार्यकक्षबाटै पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ, ३ वर्ष बाFकी छ। कुरौ… नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ।राजीनामा नदिए ‘कार्यकक्ष’बाटै पक्राउ गरिनु पर्छ ।’

त्यस्तै उनले लेखेका छन्, ‘ यी भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्ये एक गोकुल बाँस्कोटा । गोकुल जी माथि छानबिन होईन के गरी बचाउने भन्ने छलफल चलेको देखिदैँछ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ३४ बजे

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्