यी हुन् सञ्‍चारमन्त्री बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने मिश्र | Khabarhub Khabarhub

यी हुन् सञ्‍चारमन्त्री बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने मिश्र


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा एउटा अडियो प्रकरणका कारण चर्चामा छन् । समग्रमा भन्ने हो भने यतिवेला देशमा उनको व्यापक चर्चा भइरहेको छ ।

कारण हो, प्रधानमन्त्रीका सबैभन्दा निकट पात्र र सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले एक व्यक्तिसँग गरेको ७० करोड रुपैयाँ कमिसन को ‘सौदाबाजी’ ।

नेपालमा राजनीतिज्ञ, मन्त्री र सरकारकारी उच्च ओहोदामा रहेकाहरु भ्रष्टाचारमा लिप्त हुने गरेको भन्दै आरोप लाग्दै आएको छ ।

केही दिनअघि मात्र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार सहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा उनीहरु विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

त्यसको केही दिनपछि नै ‘भ्रष्टाचार गर्दिन र गर्न दिँन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीका सबैभन्दा निकट पात्र एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको कमिसन बारे डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि आम मानिसमा राजनीतिक दलका नेताहरु माथिको आक्रोश थप चुलिएको छ ।

बाँस्कोटासँग कमिसन डिल गर्ने को हुन् ?

बुधवार राति सार्वजनिक भएको मन्त्री बाँस्कोटा र अर्का एक व्यक्तिबीचको कुराकानीको अडियो विहीवार(आज) विहान हुँदा भाइरल भइसकेको छ ।

स्वीस कम्पनीका केवीए नोटासिसका नेपाली एजेन्ट विजय प्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले गरेको कुराकानीमा ७० करोड भन्दा माथिको कमिसनको कुरा रहेको छ ।

सरकारले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद गर्ने प्रकयामा जाने निर्णय गत पुसको ७ गते गरेको थियो । त्यसका लागि सञ्चार तथा सूचना प्रविधी मन्त्रालयलाई रकम दिने निर्णय गरेको थियो ।

बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि एउटा सेक्युरिटी प्रेस किन्ने तयारी सरकारले गरेको थियो ।

उक्त प्रिन्टिङ प्रेस किन्नका लागि फ्रान्स र जर्मन सरकारबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्तावलाई स्वीकार्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

यसबारेमा संसदका सार्वजनिक लेखा समितिमा समेत कुरा उठिरहेको थियो । लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ खरिदमा अनियममितता भएको भन्दै उजुरी पर्‍यो र समितिले पनि उजुरीमाथि छानवीन अघि बढायो ।

अहिले अडियोमा मन्त्री बाँस्कोटासँग डिल गर्ने विजयप्रकाश मिश्र पनि लेखा समितिको बैठकमा उपस्थित भएका थिए । उनी बैठकमा सुरक्षित मुद्रण विज्ञको रुपमा लेखा समितिमा उपस्थित समेत भएका थिए ।

सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै लेखा समितिमा भनेका थिए । मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन । तर उनले लेखा समिति बैठका भने आफू एक सचेत नागरिक भएको बताएका थिए ।

सरकारले शुरुमा फ्रान्सेली कम्पनीसँग खरिद गर्ने निर्णय गरेको भएपनि पछि जर्मन कम्पनीसँग मेसिन खरिद गर्ने तयारी गरेपछि स्वीस एजेन्ट मिश्रले आफूसँग मन्त्री बाँस्कोटाले गरेको कमिसनको कुराकानी बाहिर ल्याएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  २ : ४८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर