बाँस्कोटा विरुद्ध विमानस्थलमा प्रदर्शन, नेविसंघले देखायो कालो झण्डा « Khabarhub

बाँस्कोटा विरुद्ध विमानस्थलमा प्रदर्शन, नेविसंघले देखायो कालो झण्डा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन माग गरिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा विरुद्ध नाराबाजी भएको छ ।

धनगढीबाट केही बेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका मन्त्री बाँस्कोटा विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध गरेका हुन् ।

विमानस्थलको गेटमा मन्त्री बाँस्कोटा विरुद्ध नेविसंघका कार्यकर्ताले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । यसअघि नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गरेको थियो ।

बाँस्कोटा विमानस्थलबाट सिधैं बालुवाटार जाने छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उनलाई अडियो प्रकरणबारे कुराकानी गर्न बालुवाटार बोलाएका थिए ।

यसअघि आजै विहान नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अडियो प्रकरणबारे छलफल भएको थियो ।

मन्त्री बाँस्कोटालाई राजीनामा गराउन प्रचण्डले ओलीलाई सुझाव दिएका थिए ।

यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ३ : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि