कोरोनाका कारण दुई जापानी र एक दक्षिण कोरियाली नागरिकको मृत्यु | Khabarhub Khabarhub

कोरोनाका कारण दुई जापानी र एक दक्षिण कोरियाली नागरिकको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट डायमण्ड प्रिन्स क्रुज पानी जहाजबाट उद्धार गरिएका दुई जना जापानी नागरिकको मृत्यु भएको छ ।

पानीजहाजमा भाइरसबाट संक्रमित भएका एक पुरुष र एक महिलाको मृत्यु भएको जापानी अधिकारीले जनाएका छन् । उनीहरु दुबै ८० वर्ष उमेर समूहको रहेको जनाइएको छ । गत साता अस्पताल भर्ना गरिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दक्षिण कोरियामा पनि एक जनाको मृत्यु भएको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीले यसबारे थप विवरण उपलब्ध भने गराएका छैनन् ।

यस्तै, दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो ।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आह्वान गरेका हुन् ।

कोरियाली संक्रमक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र एउटा स्थानीय चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । अधिकारीले उक्त चर्चमा एक जना कोरोना संक्रमित पनि सहभागी भएका र उनैबाट कोरोनाभाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन् ।

केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो । दक्षिण कोरियाली समाचार संस्था योन्हापले तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएको वा अस्पतालमा ती महिलाबाट अरुमा संक्रमण भएको जनाएको छ । दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने जनाएका थिए ।

कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २ हजार १ सय २६ जनाको मृत्यु भएको छ । जापान र दक्षिण कोरियामा कोरोनाको संक्रमणबाट तीन जनाको मृत्यु भएसँगै चीन बाहिर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । ७५ हजार ६ सय भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : २१ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त