कोरोनाका कारण दुई जापानी र एक दक्षिण कोरियाली नागरिकको मृत्यु « Khabarhub

कोरोनाका कारण दुई जापानी र एक दक्षिण कोरियाली नागरिकको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट डायमण्ड प्रिन्स क्रुज पानी जहाजबाट उद्धार गरिएका दुई जना जापानी नागरिकको मृत्यु भएको छ ।

पानीजहाजमा भाइरसबाट संक्रमित भएका एक पुरुष र एक महिलाको मृत्यु भएको जापानी अधिकारीले जनाएका छन् । उनीहरु दुबै ८० वर्ष उमेर समूहको रहेको जनाइएको छ । गत साता अस्पताल भर्ना गरिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दक्षिण कोरियामा पनि एक जनाको मृत्यु भएको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीले यसबारे थप विवरण उपलब्ध भने गराएका छैनन् ।

यस्तै, दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो ।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आह्वान गरेका हुन् ।

कोरियाली संक्रमक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र एउटा स्थानीय चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । अधिकारीले उक्त चर्चमा एक जना कोरोना संक्रमित पनि सहभागी भएका र उनैबाट कोरोनाभाइरस फैलिएको हुनसक्ने आशंका गरेका छन् ।

केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो । दक्षिण कोरियाली समाचार संस्था योन्हापले तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएको वा अस्पतालमा ती महिलाबाट अरुमा संक्रमण भएको जनाएको छ । दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने जनाएका थिए ।

कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २ हजार १ सय २६ जनाको मृत्यु भएको छ । जापान र दक्षिण कोरियामा कोरोनाको संक्रमणबाट तीन जनाको मृत्यु भएसँगै चीन बाहिर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । ७५ हजार ६ सय भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : २१ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको