नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : बाँस्कोटा | Khabarhub Khabarhub

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : बाँस्कोटा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।

आफूले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’

उनले राजीनामा दिएको बारे प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले अनौपचारीक जानकारी आएको जनाइसकेका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : १० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास