घुस प्रकरण बाहिरिएका बेला अमेरिका उड्ने चटारोमा सुरक्षण मुद्रण केन्द्रका निर्देशक « Khabarhub

घुस प्रकरण बाहिरिएका बेला अमेरिका उड्ने चटारोमा सुरक्षण मुद्रण केन्द्रका निर्देशक


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस)को घुस तथा कमिसन काण्ड बाहिरिएका बेला सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल भने अमेरिका उड्ने तरखरमा छन् ।

राज्य कोषबाट करिब २७ अर्ब रुपैयाँ खर्च गरेर स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसको ठेक्का सम्झौता पास गरिदिने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन माग गरेको प्रकरण अहिले चर्चामा छ ।

सुरक्षण मुद्रण प्रेस उत्पादन तथा बिक्री गर्दै आएको स्वीजरल्याण्डको कम्पनी केबीए–नोटासिसका प्रतिनिधि विजयप्रकाश मिश्र र सञ्चारमन्त्री (निवर्तमान) गोकुल बाँस्कोटाबीच भएको कुराकानीको अडियो क्लिप अहिले चर्चामा छन् ।

उक्त कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड जति कमिसन मागेको विषय सुन्न सकिन्छ । उक्त प्रकरण बाहिरिए पछि मन्त्री बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिइसकेका छन् ।

सरकारले ३ वर्ष अगाडिदेखि नै शुरु गरेको सुरक्षण मुद्रणको काम कमिसनकै चक्करमा अल्झिएर अगाडि बढ्न सकेको छैन ।

सुरक्षण मुद्रण स्थापनाका लागि गठन भएकै केन्द्रका कर्मचारी समेत कमिसन प्रक्रियामा संलग्न भएको चर्चा चलिरहेका बेला पौडेल भने अमेरिका उड्न लागेका हुन् ।

खबरहबसँगको कुराकानीमा पौडलले आफू शुक्रबार अमेरिका उड्न लागेको स्वीकारे । तर, आफू नितान्त पारिवारिक कामका कारण अमेरिका जान लागेको उनको भनाइ छ ।

‘मेरी श्रीमती उतै अध्ययनरत छिन्, छोरा–छोरी पनि उतै छन् । भेट नभएको धेरै भएकाले मैले केही दिन अगाडि नै महाशिवरात्रि समेतको छेको पारेर बिदा मिलाएको थिएँ,’ पौडेलले खबरहबसँग भने, ‘यो मेरो पारिवारिक काम हो । अहिले चर्चामा रहेको प्रकरणसँग यसको कुनै साइनो छैन ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : ४४ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका