कमिसन प्रकरणपछि सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा « Khabarhub

कमिसन प्रकरणपछि सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ ।

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अख्तियाको टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै संसद अवरोध गरेको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : २५ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका