सञ्चारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई « Khabarhub

सञ्चारमन्त्रीको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।

७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एक स्वीस एजेन्टसँग ७० करोड कमिसनको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पद गुमाएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ४६ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका