नेबिसंघको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा भर्त्सना « Khabarhub

नेबिसंघको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा भर्त्सना


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७० करोड कमिसन प्रकरणलाई लिएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको विरोध प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप निन्दाजनक भएको जनाएको छ ।

कांग्रेसले आज साझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक अधिकारमाथि राज्यले ठाडो हस्तक्षेप गरेको जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ– ‘घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

आज त्रिभुवन विमानस्थलको मूलद्वारमा नेविसंघका युवाहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।

प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको समेत कांग्रेसले जनाएको छ । घाइतेहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न कांग्रेस माग गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ७ : २० बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब