कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा पौडेललाई « Khabarhub

कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा पौडेललाई


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा पौडेललाइ कान्तिको प्रमुखको जिम्मेवारी दिएका हुन्। साविकका अस्पताल निर्देशक डा आरपी बिच्चालाई भने सरुवा गरिएकाे छैन । उहाँलाई हाल यही अस्पतालमै राखिएको छ ।

स्वास्थ्यमन्त्री ढकालले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकमा महेन्द्र प्रसाद श्रेष्ठ नियुक्ति गरेका छन् ।

विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेललाई भने स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै मन्त्रालयकाे नीति योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाएका छन् ।  यसअघि डा विकास देवकोटाले मन्त्रालयमा नीति योजना महाशाखा सम्हाल्दै आएका थिए । डा देवकोटालाई भने स्वास्थ्य समन्वय महाशाखाकाे जिम्मेवारी दिइएको छ ।

यसै क्रममा डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टरकोे निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएका छन् । टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक रहेका डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ ।

त्यहाँका निर्देशक डा विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशन डा सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक बनाइएको छ ।

यस्तै डा रविन खड्कालाई वीर अस्पतालमा ल्याइएको छ । कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा चुमनलाल दाशलाई तथा भेरी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा प्रकाश थापालाई दिइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : २६ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज