नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माणको काम तीव्र « Khabarhub

नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माणको काम तीव्र


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए ।

पुल निर्माणको अवधि गत पुसमा सकिएको  भए पिन अहिले नियमित रुपमा निर्माणको काम भइरहेको उनले बताए । उनले पूल निर्माण चाँडै सम्पन्न हुने बताए ।

उनले भने, “बाँकी रहेको काम पनि अहिले नियमित रुपमा अघि बढेको छ ।”

डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युतको पोललगायतका संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो ।

अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको डिभिजन कार्यालयले जनाएकाो छ ।

यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो । सङ्घीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताए ।

सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलङ्की सडकखण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ ।

कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

कोटेश्वर चोकमा आकाशेपुल निर्माणको प्रक्रियाअघि बढेपनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ०० बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका