कोरोनाको प्रभाव खेलकुदमा, इंग्लिस फुटबलका सबै गतिविधि स्थगित « Khabarhub

कोरोनाको प्रभाव खेलकुदमा, इंग्लिस फुटबलका सबै गतिविधि स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले खेलकुदका गतिविधि प्रभावित भएका छन् ।

इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् ।

यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् । इंग्लिस प्रिमियर लिग, लिग कप फुटबल (इएफएल), महिला सुपर लिग र महिला च्याम्पियनसिपका खेलहरु स्थगित भएका हुन् ।

यस्तै स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका सबै खेलहरु हाललाई पछि सारिएका छन् । हालको सिजन लम्बिने फुटबल एसोसिएसनले बताएको छ । अहिलेको नियम अनुसार जारी सिजन जुन १ मा अन्त्य हुने थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १३ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर