कोरोनाको त्रासले कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी « Khabarhub

कोरोनाको त्रासले कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ ।

न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए ।

जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने र उनीहरुबाट अरुमा सर्ने जोखिम बढी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकामा अहिलेसम्म १४ हजार २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यस्तै कोरोनाका कारण अमेरिकामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ ।

विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४५ हजार पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या १० हजार ४८ पुगेको छ ।

न्युर्योक सिटीका मेयर बिल डी ब्लासिओले रिहा गरिने कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन् ।

यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३५ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार