अज्ञात रोगबाट दुई नाबालकको मृत्यु | Khabarhub Khabarhub

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ ।

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए ।

बुढाका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ ।

ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिइन ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए ।

यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् । गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो ।

गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिए। अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उनले बताए ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताए ।

गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ । प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए ।

चार स्थानमा हेल्थ डेस्क
कोभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डी, बाह्विसको इकडी र मार्तडी प्रवेश नाकामा हेल्थ डेस्क सञ्चालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए ।

कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउन र स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचारसमेत गरेको छ ।

जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले उद्धार टोली तयारीमा राख्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जाँच गर्ने थर्मोमिटरसहित अन्य आवश्यक सामग्री नभएकाले डेस्क सञ्चालनमा ढिलाइ हुने भएको छ ।

सो भाइरसबाट बच्न साबुनपानीले हात धुने, अङ्कमाल नगर्ने, सभा सम्मेलनमा सहभागी नहुने, भीडभाडमा नजान सर्वसाधारणलाई जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले आग्रह गरे । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अस्पतालले प्रवेशमा एकद्वार प्रणालीको रणनीति अपनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : ०४ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि