आज गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवस « Khabarhub

आज गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवस


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गीय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १०औं स्मृति दिवस । दिवसको अवसरमा विराटनगरमा स्मृति दिवसको कार्यक्रममा सहभागी हुन कांग्रेस नेतृ  तथा कोइराला पुत्रि सुजाता कोइराला बिहानै विराटनगर गएकी छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसले भने यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् ।

६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

राणा शासनको विरोध गरेको आरोपमा उनका पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो।

वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति शुरु गरेका थिए । राणा शासन र पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइरालले राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दै मुलुकमा गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए ।

कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : २३ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित