अस्ट्रेलियामा ३ हजार ८०० जना चढेको पानीजहाजका केही यात्रुमा कोरोना संक्रमण देखिएपछि आपत्‌कालीन चेतावनी जारी | Khabarhub Khabarhub

अस्ट्रेलियामा ३ हजार ८०० जना चढेको पानीजहाजका केही यात्रुमा कोरोना संक्रमण देखिएपछि आपत्‌कालीन चेतावनी जारी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ ।

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन् ।

सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो । जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३,८०० जना चढेको बताइएको छ ।

सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो।

अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।

“हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,” हजार्डले बताए।

उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए । कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ ।

पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : २१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको