देशभरका अदालत २ साता बन्द हुने « Khabarhub

देशभरका अदालत २ साता बन्द हुने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आइतबारदेखि आगामी चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाइ दुई साता रोक्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।

यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाइ स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन साताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : २५ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ