कोरोना त्रास– विश्वका यी देशबाट आज रातिपछि नेपाल आउन नपाइने « Khabarhub

कोरोना त्रास– विश्वका यी देशबाट आज रातिपछि नेपाल आउन नपाइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रका लागि सरकारले यूरोप, खाडी मुलुकसहित दक्षिण कोरिया, जापान लगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको थियो । यो प्रतिवन्ध चैत ७ गते शुक्रवार(आज) मध्यरातिबाट लागू हुँदैछ ।

माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (वैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको भएको थियो ।

यो निर्णयसँगै प्रतिबन्ध गरिएका देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल लगायत कोही पनि नेपाल भित्रन मिल्ने छैन भने प्रतिवन्धमा रहेका देशलाई ट्रान्जिट बनाएरसमेत नेपाल भित्रन नमिल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आउन प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । प्राधिकरणकाका अनुसार युरोप, पश्चिम एशिया, सबै गल्फ देशहरु, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान सहितका देशहरुबाट नेपाल आउन प्रतिवन्ध लगाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै