बसपार्कमा काठमाडौं छोड्नेको भीड, चार दिनमा साढे ३ लाख बाहिरिए « Khabarhub

बसपार्कमा काठमाडौं छोड्नेको भीड, चार दिनमा साढे ३ लाख बाहिरिए



काठमाडौं– उदयपुरका मिलन राउत एक महिनाअघि बिरामी आमालाई लिएर राजधानी आइपुगे । दमको बिरामी र साधारण ज्वरोका कारण डाक्टरले उनकी आमालाई केही महिना आराम गर्न सल्लाह दिए ।

तर अहिले ७० वर्षीया बिरामी आमालाई लिएर उनी उदयपुर फर्कन लागेका छन् । शुक्रबार उनी आमालाई लिएर नयाँ बसपार्कस्थित प्रतीक्षालयमा बसिरहेका थिए ।

‘डाक्टरले केही महिना आराम गर्नुपर्छ भन्नुभएको थियो’ उनले खबरहबसँग भने, ‘यही बेला कोरोनाको त्रास फैलिएर शहरमा आमा बस्नै चाहनुभएन ।’

ती बिरामी आमा मात्र होइन । अहिले कोरोना संक्रमणको त्रासले राजधानीबाट गाउँघर फर्किनेको संख्या बढिरहेको छ । शुक्रबार नयाँ बसपार्कभित्र घर जाने टिकट लिन पुगेका मानिसहरूको संख्या निकै थियो ।

कोही टिकट काउन्टरको लाइनमा उभिएका थिए भने कोही टिकट लिएर हिँडिरहेका थिए ।

जन्मथलो पुग्ने खुसी एकातिर अनि कोरोनाको संक्रमणले पो छुने हो कि भन्ने डर त्यतिकै थियो । अधिकांश जसोले मास्क लगाएका थिए । कम्तीमा एकअर्कासँग बोल्दा कोरोनाको संक्रमण नदेखिओस् भन्दै उनीहरू चनाखो थिए ।

नयाँ बसपार्कभित्र मानिसको चापले दशैंको समयको झल्को दिन्छ । शहरमा रोगको महामारी फैलिने डरले आफू गाउँतिर जान लागेको बताउँछन् बसपार्कमा भेटिएकाहरू ।

‘बालबालिकाको परीक्षा पनि सकियो’ बसपार्कभित्र भेटिएकी एक यात्रुले भनिन्, ‘यही बेला काठमाडौंमा कोरोनाको हल्ला भइरहेको छ, छोराछोरीलाई लिएर गाउँ हिँडेको ।’

बालबालिकालाई काठमाडौंमा पढाइरहेका अभिभावकहरू यतिबेला लत्ताकपडाको झोला बोकेर बसपार्कतिर भौतारिरहेका छन् ।

काठमाडौंमा कोरोनाको हल्लाले पनि बस्ने वातावरण नभएको सिन्धुलीका यमबहादुर सुनुवार बताउँछन् । उनी शुक्रबार बिहानदेखि कोटेश्वर चोकमा बसको प्रतीक्षा गरिरहेका थिए ।

‘नेपालमा अहिलेसम्म कोरोना संक्रमण व्यक्ति भेटिएको हो कि होइन त्यो बाहिर आएको छैन’ सुनुवारले भने, ‘तर सर्वसाधारणको मनमा यति त्रास उत्रिसकेको छ कि काठमाडौं आफू सुरक्षित नभएको महसुस सबैले गरिरहेका छन् ।’

उनी पुतलीसडकको एक होस्टलमा बसेर लोक सेवा आयोगको तयारी गरिरहेका थिए । सरकारले लोक सेवाको परीक्षा पनि स्थगित गरिसकेको छ ।

‘परीक्षा नै स्थगित भइसकेपछि यहाँ किन बस्नु’ उनी भन्छन्, ‘ब गाउँघरतिरै गएर पढ्नुपर्ला ।’

राजधानीमा गाडी गाउँतिर यात्रु ओसार्दै

सरकारले यात्रुवाहक सवारी साधनका लागि वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरेको छ ।

नेपाल सरकारको निर्णयअनुसार आगामी चैत्र मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द तथा सम्पूर्ण परीक्षाहरू स्थगित भएकोले विद्यार्थीहरू एकैपटक ठूलो संख्यामा शहरबाट जन्मथलोतर्फ जाने हुँदा सार्वजनिक यातायातका सवारी साधनलाई अप्रिल १५, अर्थात् वैशाख १५ गतेसम्म खुला गरिसकेको छ ।

वीपी राजमार्गको हकमा भने मापदण्डभित्र पर्ने हुँदा आवश्यकताअनुसार सेवा दिन आग्रह समेत गरेको छ ।

देशभरका यात्रुवाहक बस सञ्चालनका लागि रुट आवश्यक पर्दैन भनेसँगै उपत्यकाभित्र गुड्ने सवारी रिजर्भ लिएर अहिले विभिन्न जिल्ला पुग्न थालेका छन् ।

सर्वसाधरणले बसको टिकट पाउन घण्टौँ लाइनमा बस्नुपरेपछि उपत्यकामै चल्ने गाडी रिजर्भ गरेर यात्रु ओसार्न लागेको सिटी यातायातका सञ्चालकले बताए ।

चार दिनमा साढे ३ लाख बाहिरिए

कोरोनाको सन्त्रास फैलिएपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्दै गएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार ५९ हजार ८१६ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका छन् ।

बुधबार ८५ हजार ४४७ जना मानिसले उपत्यका छोडेका थिए । बिहीबार १ लाख ८ हजार मानिस उपत्यकाबाट बाहिरिएका छन् ।
आज शुक्रवार अन्य दिनको तुलनामा काठमाडौं बाट बाहिरिने मानिसको संख्या बढेको छ । शुक्रवार बिहान ६ बजेदेखि २ बजेसम्ममा ६८ हजार मानिस बाहिरिएका छन् ।

यसरी हेर्दा मंगलवबरदेखि शुक्रवार दिउँसो २ बजेसम्मको तथ्यांक हेर्दा ३ लाख २५ हजार १ सय ६४ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका छन् ।

चालक र सहचालक भन्छन्, मनमा त्रास त छ नि !

त्यसो त शहरबाट हजारौंको संख्यामा मानिसहरू जन्मथलो प्रस्थान गरिरहेका छन् ।

एउटै सवारीसाधनमा ५० जनासम्म यात्रुहरूले यात्रा गरिरहेको राप्ती डिलक्सका चालक मुक्तिनाथ बलदेवले बताए ।

‘शहरमा हल्ला फैलिरहेको छ यहीबाट यात्रु लिएर गाउँ–गाउँमा पुग्नुपर्छ’ उनले भने, ‘त्रास त छ नि हामीहरूलाई नि ।’ मनमा त्रास बढिरहे पनि यतिबेला आम्दानी भने बढेको बताउँछन् उनी ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ३४ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई