स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन « Khabarhub

स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका सहसचिव र विभागीय प्रमुखहरुलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आज स्वास्थ्य मन्त्रालय मातहतका विभाग, महाशाखा, तथा अस्पतालहरुलाई पत्राचार गर्दै बिदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

विश्वभर कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिएकाले नेपालमा रोगको संक्रमण रोक्ने स्वास्थ्य क्षेत्रका कर्मचारी आवश्यक पर्ने भएकाले विदामा नबस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका भित्र रहेका आफ्नो मातहतका विभाग र कार्यालयमा कार्यरत सहसचिव स्तरका कर्मचारी र विभागिय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयामा उपस्थित भइ काम गर्न निर्देशन दिएको छ ।

यस्तै उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तो छ मन्त्रालयको निर्देशन पत्र

 

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ५२ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको