जात्रापर्व भीडभाडमा नमनाउन महानगरपालिकाको अपिल | Khabarhub Khabarhub

जात्रापर्व भीडभाडमा नमनाउन महानगरपालिकाको अपिल


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान अपिल गरेको छ ।

महानगरले राजधानीमा जात्रा, पर्वहरुको संख्या धेरै भएको र कोरोना संक्रमणको त्रास पनि रहेका कारण भीडभाडमा ती जात्रा पर्व नमनाउन अपिल गरेको छ ।

महानगरपालिका प्रमख विद्या सुन्दर शाक्यले एक विज्ञप्ति जारी गर्दै नजिक आइरहेका पाहाँचःर्‍हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ ।

तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन हुन हार्दिक अपिल गरेको जनाएका छन् ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन महानगरले अपिल गरेको छ ।

साथै सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि शाक्यले अपिल गरेका छन् ।

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागेको छ ।

काठमाडौं महानगरभित्रका सबै वडाहरूमा रहेका विपद् व्यवस्थापन समितिलाई समेत महानगरपालिकाले सक्रिय सहभागी गराउने भएकाले ती समितिहरूसँग आवश्यक समन्वय गरी हातेमालो गर्दै अघि बढ्न मेयर शाक्यले अपिल गरेका छन् ।

आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन शाक्यले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : २५ बजे

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल कात्तिक ११ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित