धैर्य गर्नुस्, आतंकित नबन्नुस्– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

धैर्य गर्नुस्, आतंकित नबन्नुस्– प्रधानमन्त्री ओली


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण कोही पनि आतंकित नबन्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको जोखिमका विषयमा आज देशबासीका नाममा विषेश सम्बोध गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण आतंकित नबन्न आह्वान गरेका हुन् ।

उनले आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान समेत गरे । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस् ।’

नेपालमा कोरोना भाइरसको जोखिम नदेखिनु राम्रो भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने लगाएतको काम गरेको भन्दै प्रधानमन्त्री ओलीले जोखिम न्युनिकरणका लागि ५ वटा तयारी बैठक बसिसकेको बताए ।

प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले भने,‘हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’

सबै नेपालीको इच्छाशक्ति, उच्च मनोवल र एकताका लागि समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने

प्रधानमन्त्री ओलीले नीजि क्षेत्रसँगको समन्वयमा नियमित आपुर्तिको व्यवस्था मिलाइएको भन्दै कालाबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

अर्थव्यवस्थामा पर्नसक्ने असरका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरेको भन्दै अर्थव्यवस्थालाई संकुचित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय हवाई उडान ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गर्ने, सिमानाकामा अनिवार्य स्वास्थ्यजाँचको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै लामो दूरीका सवारी साधन चैत १० देखि केही समयका लागि बन्द गरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै उनले कुटनीतिक निकायमा सम्पर्क राख्न समेत आग्रह गरेका छन् ।

सार्क राष्ट्रको पहलमा निर्माण हुने कोषमा १० करोड योगदान गर्ने ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकले स्थापना गरेको कोषमा १० करोड रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्क मुलुकहरुले बनाउने कोषमा १० करोड रुपैया दिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३६ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको