के हो ‘लकडाउन’ ? « Khabarhub

के हो ‘लकडाउन’ ?


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक यातायात, विमानस्थल र अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

त्यसअघि नै सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाउने, जिम, क्लब, सिनेमा हल, मल र धेरै मानिसहरुको जमघट हुने स्थान बन्द गर्ने घोषणा गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै चालिएको पछिल्लो कदमका कारण मुलुकमा लक डाउनको अवस्था आउने चिन्ता उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नेपालमा ‘लकडाउन’ भन्ने शब्द त प्रयोग गरेनन् । यद्यपि उनको सम्बोधनले नेपालमा आंशिक लक डाउन हुन सम्भावना देखिएको छ ।

अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द हुने भनिएको छ । सम्बोधनका क्रममा उनले अत्यावश्यक सेवा दिने कार्यालयहरु भने खुला रहने जनाएका छन् ।

के हो लक डाउन ?

मानिसहरुको भीडभाड कम होस् र कोरोना भाइरसको संक्रमण तीब्र गतिमा नफैलिओस् भन्नाका लागि विश्वका विभिन्न मुलुकले लक डाउनको विकल्प अपनाएका छन् ।

कोरोना भाइरस शुरु भएको चीनको वुहान शहर र अरु महानगरमा त्यहाँको स्थानीय प्रशासनले लक डाउन गरेको थियो ।

अहिले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु भनिएको युरोपको इटालीले पनि पूरै मुलुकमा लकडाउन गरेको छ । त्यसबाहेक फिलिपिन्सको राजधानी मनिला र त्यसआसपासका ५ करोड भन्दा धेरै मानिसहरु प्रभावित हुनेगरी लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनता कफ्र्यूको नाममा लकडाउनको घोषणा गरिसकेका छन् ।

लक डाउन अर्थात् तालाबन्दी भन्नाले मानिसहरुलाई बाहिर ननिस्किने वातावरण बनाउनु हो । मानिसहरुलाई घरबाहिर निस्कन नदिनु र यहीअनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिनु लक डाउनको उद्देश्य हो ।

कार्यान्वयनको आधारमा लक डाउन कति कठोर हुन्छ भन्ने निर्धारण हुन्छ । कुनै मुलुकमा लकडाउनको समयमा अत्यावश्यक क्षेत्रहरु सुचारु रुपमा सञ्चालित भइरहेका छन् । केही मुलुकमा भने लकडाउनको समयमा घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिएको घटना पनि छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : २६ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट