‘सेमी लकडाउन’को अवस्थामा नेपाल, यी हुन चैत ९ पछि सुचारु रहने र बन्द हुने सेवाहरु « Khabarhub

‘सेमी लकडाउन’को अवस्थामा नेपाल, यी हुन चैत ९ पछि सुचारु रहने र बन्द हुने सेवाहरु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीका नाममा विशेष सम्बोधन गर्दै विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि  चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने बताएका छन् ।

उनले सम्बोधनको क्रममा भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै चालिएको पछिल्लो कदमका कारण मुलुकमा लक डाउनको अवस्था आउने चिन्ता उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नेपालमा ‘लक डाउन’ भन्ने शब्द त प्रयोग गरेनन् । यद्यपि उनको सम्बोधनले नेपालमा ‘सेमी लक’ डाउन हुन सम्भावना भने देखिएको छ ।

अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द हुने भनिएको छ । सम्बोधनका क्रममा उनले अत्यावश्यक सेवा दिने कार्यालयहरु भने खुला रहने जनाएका छन् ।

यी सेवा बन्द हुँदैनन् ?

टेलिफोन तथा इन्टरनेट सेवा

अस्पताल तथा स्वास्थ्य सेवा

होटल तथा रेष्टुराँ

पेट्रोलियम पदार्थको विक्री वितरण तथा ढुवानी

औषधि पसल

फोहोरमैला उठाउने काम

बैंक, बीमा कम्पनी तथा विद्युत सेवा

खानेपानीको विक्रीवितरण

दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण

हुलाक सेवा

सञ्चारमाध्यम

मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा

प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धी सेवा

कुन कुन सेवा बन्द ?

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन् । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्।

त्यसैगरी, ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्। अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ।

प्रधानमन्त्री ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरेका छन्।

यस सम्बन्धमा छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन्।

त्यसैगरी, देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू आगामी ९ चैतदेखि २१ चैतसम्मका लागि बन्द गरिएको घोषणा प्रधानमन्त्रीले गरेका छन्।

प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरी नागरिककै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने पनि उल्लेख गरेका छन्।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : १२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने