प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्न मुख्य सचिव संयोजकत्वको कार्यदललाई निर्देशन « Khabarhub

प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्न मुख्य सचिव संयोजकत्वको कार्यदललाई निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका काम कार्यान्वयन गर्न मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ ।

शुक्रबार बसेको कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले प्रधानमन्त्री ओलीले घोषणा गरेका काम कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक रहेको कार्यदललाई निर्देशन दिएको हो ।

अर्थ र सञ्चार तथ सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीले सम्बोधनमा घोषणा गरेका विषयका बारेमा बैठकमा स्पष्ट पारिएको भन्दै त्यसलाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

मन्त्री खतिवडाले १० गतेबाट लामो दूरीका यातायात सेवा बन्द हुने भनेपनि आपूर्तिसँग सम्बन्धित कुनै पनि सेवा अवरुद्ध नहुने बताए ।

अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकरी निर्णयपछि विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकहरुलाई सम्बन्धित देशमा रहेका नेपाली दुतावास मार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको पनि उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : ३२ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ