क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु | Khabarhub Khabarhub

क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  क्यानडामा बन्धुकारीको अन्धाधुन्ध गोली प्रहारबाट १३ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिबार राति क्यानडाको नोभास्कोसा प्रान्तमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी पनि मारिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ ।

प्रहरीको जस्तै बर्दी लगाएको बन्दुकधारीले चलाएको गोली लागेर रोयल क्यानडियन प्रहरीकी भेट्रान २३ वर्षीया होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ भने अर्का एक जना प्रहरी घाइते भएका छन् ।

क्यानडियन प्रहरीकाअनुसार पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ५२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’