गैरजिम्मेवार टेड्रोस र विवादको भुमरीमा विश्व स्वास्थ्य संगठन | Khabarhub Khabarhub

गैरजिम्मेवार टेड्रोस र विवादको भुमरीमा विश्व स्वास्थ्य संगठन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई अमेरिकाले उपलब्ध गराउने फन्ड (आर्थिक सहायता) रोक्न निर्देशन दिए ।

कोरोना भाइरस संक्रमणलाई लिएर डब्ल्युएचओको समीक्षा भएको र डब्ल्युएचओले आधारभूत जिम्मेवारीसमेत पूरा गर्न नसकेकाले फण्ड रोकेको ट्रम्प प्रशासनको भनाइ छ । यस विषयलाई लिएर विश्व स्वास्थ्य संगठन जवाफदेही हुन आवश्यक रहेको उनीहरूको तर्क छ ।

ट्रम्प सुरुदेखि नै डब्ल्युएचओको भूमिकाप्रति असन्तुष्ट छन् । खासगरी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा संवेदनशील नबनेको, सूचना लुकाएको र चीनको पक्ष लिएको ट्रम्पको निष्कर्ष छ । यही आधारमा कोरोना भाइरस विश्वभर उत्कर्षमा पुगेका बेला अमेरिकाले फण्ड रोक्ने निर्णय गरेको हो ।

ट्रम्पमात्र होइन अहिले धेरैले डब्ल्युएचओको भूमिकामा प्रश्न उठाउन थालेका छन् । विश्वको जनस्वास्थ्यको नेतृत्व गर्ने डब्ल्युएचओले चीनको पक्ष लिएको आरोप लगाउँदै युरोप, अमेरिका, भारतलगायत शक्ति राष्ट्रहरू चिढिएका छन् । डब्ल्युएचओको लापरबाहीले कोरोना महामारी विश्वव्यापी बनेको उनीहरूको आरोप छ ।

विश्व स्वास्थ्य संगठनको काम विनाशकारी रोगहरूको उन्मूलन गर्न प्रयास गर्ने हो तर यो संगठन अहिले इतिहासमै सबैभन्दा धेरै विवादको भूमरीमा फसेको छ ।

अमेरिकी सहायतामा मलेरिया, कुष्ठरोग, अन्धोपनालगायत रोगहरूको उन्मुलन गरेको डब्ल्युएचओ अहिले विश्वव्यापी मान्यता र पारदर्शीताको उल्लंघन गर्दै हजारौँको ज्यान लिने कोरोना भाइरस रोगमा तथ्यहरू ढाकछोपमा उत्रिएको छ ।
डब्ल्युएचओको नेतृत्वमा टेड्रोस अधानोम घेब्रेयिसस छन् । उनी महानिर्देशक भएर आउनुअघि चीननिकट राजनीतिज्ञ थिए । उनको चीननिकटता कोरोना संक्रमणका सन्दर्भमा पनि देखिएको छ ।

चीनमा महामारी सुरु हुँदा टेड्रोसको आरामदायी व्यवहारको यतिबेला विश्वले लेखाजोखा गरिरहेको छ । आश्वासन र गलत सूचनाका कारण आज संसार संकटग्रस्त बन्न पुगेको छ । संसारभरको स्वास्थ्य समस्यासँग जुध्ने साझा संगठन टेड्रोसकै कारण विवादको भुमरीमा छ ।

केही घटना हेरौँ जसले चीन र डब्ल्युएचओेका निर्देशक टेड्रोसको निकटता झल्काउँछन् ।

चिनियाँ स्वास्थ्यकर्मीहरूले मानवबाट मानवमा सर्ने कोरोना भाइरसबाट सतर्क रहन सचेत गराइरहेका बेला चीनभित्रै उनीहरूमाथि धरपकड चलिरहेको थियो । उनीहरूलाई सार्वजनिक माफी मगाइएको थियो । अन्ततः तीमध्ये एक जसले कोरोना पत्ता लगाएका थिए, उनको कोरोना संक्रमणबाटै मृत्यु भयो ।

ठीक त्यही बेला जनवरी १४ मा चिनियाँ सरकारको सूचना नचुहाउने प्रयासमा बल पुग्नेगरी डब्ल्युएचओले कोरोना भाइरस मान्छेबाट मान्छेमा नसर्ने कुरा वुहानबाट पुष्टि भएको जनायो । चिनियाँ अधिकारीको भनाइलाई डब्ल्युएचओले आँखा चिम्लेर विश्वास ग¥यो ।

चिनियाँ नयाँ वर्षको समय रहेकाले सम्भावित संक्रमितहरू संसारभर निस्के । मान्छेबाट मान्छेमा नसर्ने स्टेटमेन्ट दिएको दुई सातापछि महानिर्देशक टेड्रोस चीन गए । चिनियाँ राष्ट्रपति सी चिन फिङलाई बेइजिङमा भेटेर चीनको सराहना गरे । उनले कोरोना भाइरसबारे चीनले सबै जानकारी पाददर्शी रूपमा दिइरहेको पनि भने ।

जनवरी २० मा महानिर्देशक टेड्रोसले ‘चिनियाँ प्रभावकारी कदमले कोरोना भाइरस फैलिन पाएन’ भन्दै अर्को स्टेटमेन्ट जारी गरे । डब्ल्युएचओले नै भनेपछि मानिसहरू विश्वास गरेर ढुक्क भए । यसरी कोरोना भाइरस अन्यत्र फैलिने सम्भावना न्यून छ भन्दै यथार्थबाहिरको सूचना प्रवाह भयो ।

जनवरी २३ मा डब्ल्युएचओको आपतकालीन बैठकमा कोरोना भाइरसलाई विश्वव्यापी महामारी र स्वास्थ संकटका रूपमा घोषणा गर्ने कि नगर्ने भन्ने छलफलमा धेरैले चीनले सार्वजनिक गरेको तथ्यांक पत्याएनन् । आपतकाल घोषणा गर्ने पक्षमा उभिए ।

महानिर्देशक टेड्रोस भने आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको भन्ने पक्षमा थिए । आन्तरिक दबाब बढ्दै गएपछि बल्ल जनवरी ३० मा आपतकाल घोषणा गरियो । त्यतिन्जेलमा स्रोत तथा जनशक्ति परिचालनमा ढिलाइमात्र भएन संसार नै भ्रममा रह्यो ।

संक्रमण द्रुत गतिमा युरोपतिर सर्दै गएपछि डब्ल्युएचओले मार्च ११ मा कोरोना भाइरस संक्रमणलाई विश्व महामारी घोषणा ग¥यो । यो बेलासम्म संक्रमणले संसार छोइसकेको थियो । अमेरिका डब्ल्युएचओकोे गतिविधिमाथि अमेरिकाले सुरुदेखि नै निगरानीमा थियो ।

महानिर्देशक टेड्रोस अफ्रिकी महादेशबाट पहिलोपटक प्रतिनिधित्व गरेर आएकाले डब्ल्युएचओमा सुधारको अपेक्षा थियो । त्यसको ठीक विपरित ५५ वर्षीय महानिर्देशक टेड्रोसले पदीय विश्वसनीयता गुमाउँदै सबैलाई हतास बनाइदिए ।

आपतकालीन व्यवस्थापनमा उनको कमजोरीको परिणाम अहिले सारा विश्वले भोग्दैछ ।

चीनमा महामारी सुरु हुँदा टेड्रोसको आरामदायी व्यवहारको यतिबेला विश्वले लेखाजोखा गरिरहेको छ । आश्वासन र गलत सूचनाका कारण आज संसार संकटग्रस्त बन्न पुगेको छ । संसारभरको स्वास्थ्य समस्यासँग जुध्ने साझा संगठन टेड्रोसकै कारण विवादको भुमरीमा छ ।

डब्ल्युएचओलाई विवादको भुमरीमा पाररेर टेड्रोसले पदीय जिम्मेवारीको नैतिक साहस गुमाएका छन् । सारा विश्व कोरोना भाइरसको महामहारीबाट ग्रस्त भएका बेला जेनेभास्थित डब्ल्युएचओ मुख्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउमा लागेका छन् ।

महानिर्देशक पदमा टेड्रोसको आरोहण

इथियोपियामा राजनीतिमा सफल खेलाडी मानिएका महानिर्देशक टेड्रोस सन् २००५ देखि २०१२ सम्म स्वास्थ्यमन्त्री र सन् २०१२ देखि २०१७ सम्म परराष्ट्रमन्त्री थिए । राजनीतिमा उनको यात्रा त्यतिकै ब्रेक लाग्ने संकेत पाएका चतुर खेलाडी उनले अर्को पदको प्रबन्धतर्फ लागे ।

उनी स्वास्थमन्त्री रहेकै बेला इथियोपियामा हैजाको महामारी भयो । उनले हैजा नियन्त्रणभन्दा पहिले समाचार प्रवाह रोके । हैजाका घटना लुकाउन मिडियामा रिपोर्टिङ नै बन्द गरे । यो घटना अहिले पनि उनका लागि पेचिलो बनेर रहेको छ ।

मन्त्री भएदेखि नै टेड्रोसले चीनसँग निकटमा रहेर काम गरेका थिए । स्वास्थ्य मन्त्री रहँदै उनले आफूलाई विश्वव्यापी स्वास्थ्य क्षेत्रको रूपमा विद्वान, राम्रो दख्खल भएको अनुसन्धानकर्ता तथा कूटनीतिज्ञमात्र नभई महामारी र आपतकालको नेतृत्व लिनसक्ने सक्षम व्यक्ति भनी स्वघोषणा गरे ।

उनले आफूलाई नै संकटमोचक तथा अनुभवी व्यक्तिको रूपमा अथ्र्याउनुमा र उनको चीनसँगको निटतामा डब्ल्युएचओको नेतृत्व हात पार्ने उद्देश्य थियो । चीन पनि संयुक्त राष्ट्रसंघजस्तो साझा संगठनको नेतृत्वमा आफ्ना निकट व्यक्ति पु¥याउने प्रयासमा थियो ।

उनको आत्मप्रशंसा र व्यक्तित्वको उचाइ बढाउने प्रयत्नको महत्वाकांक्षा एक दशकपछि साकार भयो । उनी सन् २०१७ मेमा १९४ मुलुक सदस्य रहेको डब्ल्युएचओ प्रमुखका रूपमा पाँच वर्षका लागि नियुक्त भए । टेड्रोसले आफ्ना भाइलाई दादुराका कारण ४ वर्षकै उमेरमा गुमाएका थिए । शान्त स्वभावका र मृदभाषी उनले डब्ल्युएचओको सफल नेतृत्व गर्ने धेरैको अपेक्षा थियो ।

उनको क्षमताका विषयमा भने प्रशस्त प्रश्नहरू थिए, उनी न चिकित्सक पृष्ठभूमिका थिए न त उनमा स्वास्थ्य क्षेत्र व्यवस्थापनको अनुभव नै थियो । डब्ल्युएचओको प्रमुखका रूपमा टेड्रोसको प्रख्याति विश्वव्यापी बने पनि उनी नेतृत्वमा संगठन भने विवादको भुमरीमा पर्न थाल्यो ।

सुरुमै संगठनबाट ताइवानलाई एक्ल्याउने कदम चाले । यस्तो कदमले संगठनलाई चीनको भन्दा दोब्बर सहायता गरिरहेको अमेरिकालाई बिच्क्याउने काम ग¥यो । उनले ताइवानलाई ताइपेई भनेर सम्बोधन गर्दा ताईवानको विदेश मन्त्रालयले आपत्ति जनाएको थियो ।

टेड्रोसले कोरोना रोकथाममा विश्वलाई भ्रममा राखे । चीनले महामारीप्रति सचेत गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गरेको धरपकड तथा सूचना अपारदर्शीतामा उनले कुनै शब्द खर्च गरेनन् । वुहानको यथार्थमा टेड्रोसले ध्यान नदिँदा अन्य देशहरूले सावधानी अपनाउन ढिलो गरे । टेड्रोस महामारी रोक्न कदम चाल्नुपर्ने जिम्मेवारीमा भएर पनि चीनको वास्तविक अवस्थाबारे विश्वलाई जानकारी गराउन सकेनन् ।

दुई महिनाभन्दा बढी समयको अलमलपछि मार्च ११ मा मात्र डब्ल्युएचओले विश्व्यापी महामारीको रूपमा घोषणा ग¥यो । अमेरिकाले पारदर्शीताको प्रश्न उठाउँदा टेड्रोसले राजनीतीकरण भएको आरोप लगाए ।

चीनले कोरोनाभाइरस नरहेको भन्दै युद्ध जितेको घोषणा गरेको भोलिपल्ट मार्च २० को बिहान उनले ट्वीटमा चीनलाई ठूलो सफलताका लागि भन्दै बधाई दिए । उनले चीनको सफलताले संसारबाटै कोरोना भाइरस हराउन सकिने जिकिने गरेको केही दिनभित्रै चीनभित्र संक्रमणका नयाँ घटनाहरू देखिन थाले ।

अमेरिकी, बेलायत र युरोपेली प्रतिनिधिहरूले डब्ल्युएचओमाथि स्वतन्त्र छानविनको प्रस्ताव राखेका छन् । विश्वव्यापीरूपमा लाखौँ मानिसको स्वास्थ्यमा लापरवाही गरेकाले छानविन अगाडि बढाउनुपर्ने उनीहरूको तर्क छ ।

चीनमा अलमलका ती ६ दिन

चिनियाँ उच्च अधिकारीहरूले महामारी फैलिएको थाहा पाएको छैठौँ दिनमा नयाँ वर्ष मनाउन वुहानमा एउटा भोज आयोजना भयो । जसमा हजारौँ शहरवासीहरू सहभागी भए ।

त्यसको भोलिपल्ट जनवरी २० मा राष्ट्रपति सी चिन फिङले महामारी फैलिएको घोषणा गरे । समाचार एजेन्सी एपीका अनुसार सीले महामारी भन्दासम्म तीन हजार जनाभन्दा बढी व्यक्ति संक्रमित भइसकेका थिए ।

जनवरी १४ देखि जनवरी २० सम्मको ६ दिनको ढिलाइ चीनको मात्रै पहिलो गल्ती भने होइन । विश्वका अन्य देशहरूले पनि यसरी नै गल्ती गरे । कतिले हप्तौँसम्म ढिलाइ गरे ।

तर, पहिलो पटक भाइरस देखिएको देशले ढिलाइ गर्नुले गम्भीर अर्थ राख्छ । चीनको त्यो ६ दिनको ढिलाइले आज विश्वभर २३ लाखभन्दा धेरैमा संक्रमण फैलिएको छ भने १ लाख ६० हजारको ज्यान गइसकेको छ । क्लालिफोर्निया विश्वविद्यालयका महामारी विज्ञ डा. जुओ फेङ झाङले चीनले गरेको यसलाई गम्भीर गल्ती भनेका छन् । उनी चीनले ६ दिन अगावै कदम चालेको भए संक्रमण थोरैमा मात्र सिमित हुन्थ्यो भन्छन् ।

चीनमा सूचना नियन्त्रण गर्ने र प्रतिकूल सूचना बाहिर ल्याउन नचाहने प्रवृत्तिले महामारीका सबै चेतावनीहरूलाई बेवास्ता गरिदियो । यसको दुष्परिणाम विश्वले भोगिरहेको छ । जनवरी १३ मा थाइल्याण्डमा देशबाहिर पहिलोपटक संक्रमण देखिएपछि मात्र चिनियाँ अधिकारीहरूको चेत खुल्यो ।

यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनमाथि महामारी लुकाउन खोजेको र अपारदर्शीताको आरोप आधारहीन बताउँदै आएका छन् ।

समाचार संस्था एपीले राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी १५ मा प्रान्तीय स्वास्थ्य अधिकारीहरूलाई पठाएको एक गोप्य निर्देशिका भेटाएको भनेको छ, जसमा महामारीको प्रभावलाई निकै कम गरी आकलन गरिएको छ । उक्त निर्देशिकामा कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना न्यून रहेको बताइएको थियो ।

राष्ट्रपति सीले जनवरी २० मा मात्र महामारीलाई गम्भीरतापूर्वक लिन पहिलोपल्ट सार्वजनिक प्रतिक्रिया दिए । यतिन्जेलसम्म वुहान महामारीको इपिसेन्टर बनिसकेको थियो भने महामारीले पूरा विश्वलाई चपेटा लिन थालेको थियो ।
टेड्रोस नेतृत्वको विश्व स्वास्थ्य संगठनले संसारलाई चिन्तामात्र थपेको छैन, तटस्थता, पारदर्शीता र विश्वसनीयता नराम्ररी गुमाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ३० बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक