न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन कांग्रेसको माग « Khabarhub

न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन कांग्रेसको माग


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।

पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको भन्दै त्यसलाई तत्काल सुधार गरी न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन माग गरिएको हो ।

राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको सहभागितामा राहत वितरण गर्नुपर्ने भन्दै कांग्रेसले सामाजिक सङ्घ संस्थासहितको सर्वदलीय संयन्त्रमार्फत राहत वितरण गर्न माग गरेको छ ।

तथ्याङ्क सङ्कलन गरी राहत व्यवस्थित र पारदर्शी गर्नुपर्ने माग गर्दै काँग्रेसले राष्ट्रिय सङ्कटमा रहेका बेला सम्पूर्ण शक्ति र स्रोत कोरोनाविरुद्ध लगाउनुपर्ने समयमा भूमि समस्या समाधान आयोगमा नियुक्त गरिएकोप्रति पनि आपत्ति जनाएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि पार्टीले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ०७ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको